थप समाचारबिहीबार, चैत्र १३, २०७०

त्रिवि सेमेस्टर प्रणालीको पाठ्यक्रम परिमार्जन गर्न सुझाव

हिमालखबर

विज्ञहरुले त्रिविको पाठ्यक्रम सीप र विधिमा कमजोर रहेकाले परिमार्जन गर्नुपर्नेमा जोड दिएका हुन् । त्रिवि ग्रामीण विकास केन्द्रीय विभागले १२ चैतमा गरेको ग्रामीण विकाससम्बन्धी कार्यशाला गोष्ठीमा विज्ञहरुले ग्रामीण विकास विषयमा उत्पादन गर्ने जनशक्ति ज्ञान भएको तर सीप र विधिमा कमजोर रहेको हुँदा परिमार्जन गर्न सुझाव दिए ।

मानविकी तथा सामाजिक सङ्कायका सहायक डिन निलमकुमार शर्माले गाउँगाउँमा जाने जनशक्ति चाहिएको तर त्यस्तो जनशक्ति उत्पादन नभएको भन्दै सैद्धान्तिक प्रश्नलाई बढी महत्व दिएकाले सीपयुक्त दक्ष जनशक्ति तयार गर्ने गरी पाठ्यक्रम परिमार्जन गर्नुपर्ने बताए । उनले ६० पूर्णाङ्क सैद्धान्तिक र ४० पूर्णाङ्क प्रयोगात्मक बनाउन नसक्दा सैद्धान्तिक ज्ञान मात्रै भएको जनशक्ति बजारमा बिक्न गाह्रो हुने बताए ।

योजनाविद् प्राडा पुष्कर बज्राचार्य, डा प्रेम शर्मालगायतले प्रयोगात्मक पाठ्यक्रम तय गर्न सुझाव दिए । ग्रामीण विकास केन्द्रीय विभागका विभागीय प्रमुख प्राडा उमाकान्त सिलवालले पाठ्यक्रमलाई प्रयोगात्मक बनाउन तथा दक्ष जनशक्ति उत्पादन गर्न बहसको आवश्यकता भएकोमा जोड दिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>