समाचारबिहीबार, चैत्र १३, २०७०

नेपाल पोलियोमुक्त घोषणा हुँदै

हिमालखबर

भारतको राजधानी दिल्लीस्थित विश्व स्वास्थ्य संगठनको कार्यालयमा हुने समारोहमा नेपाललाई पोलियोमुक्त देश घोषणा गरिने कार्यक्रम रहेको स्वास्थ्य सचिव प्रविण मिश्रले बताएका छन् ।

विश्व स्वास्थ्य संगठनले सन् १९८८ मा पोलियो रोगलाइ विश्वबाट उन्मुलन गर्ने घोषणा गरेपछि नेपालमा वर्षको दुई पटक पोलियो थोपा खुवाउने अभियान शुरु गरिएको थियो।

नेपाल सरकारले पोलियो निर्मुल पार्न विगत १७ वर्षदेखि ७५ जिल्लामा वर्षको दुइ पटक बालबालिकालाई पोलियो थोपा खुवाइरहेको छ । सरकारले शुरु गरेको अभियान १७ वर्षपुग्दा नेपाल पोलियो मुक्त देश घोषणा हुन लागेको हो।

पोलियोमुक्त घोषणा हुनु नेपालको लागि ठूलो उपलब्धी र गौरवको कुरा भएको सचिव मिश्रले बताए ।

नेपालमा सन् २०१० देखि नै पोलियोका विरामी नदेखिए पनि क्षेत्रिय रुपमा एकै पटक घोषणा गर्ने विश्व स्वास्थ्य संगठनको प्रावधानले २०१४ सम्म कुर्नुपरेको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>