समाचारशनिबार, भाद्र ९, २०६९
प्रधानमन्त्री र राष्ट्रपति दुवैको वैधानिकता नरहेको मोहन वैद्यको भनाई
अखिल नेपाल ललितकला सङ्घले ९ भदौमा आयोजना गरेको ‘राष्ट्रिय स्वाभिमान र क्रान्ति’ विषयक दई दिने चित्रकला कार्यशालाको उद्घाटन गर्दै अध्यक्ष वैद्यले संसद नभएको वर्तमान अवस्थामा राष्ट्रपति र प्रधानमन्त्री दुवैको वैधानिक हुन नसक्ने दाबी गरेका हुन । अहिले अदालत, सेना, प्रहरीलगायत निकायमात्रै वैधानिक रुपमा रहेको अध्यक्ष वैद्यको भनाइ थियो ।
कार्यक्रममा नेता वैद्यले राष्ट्रपतिले के गर्ने र सरकारले के गर्ने भन्ने अन्तरद्वन्द्वले मुलुकलाई अन्यौलतातर्फ धकेलेको बताए । मुलुक शून्यतामा प्रवेश गरेको चर्चा गर्दै उनले भने, ”केही समयअघिसम्म आर्थिक, सामाजिक, सांस्कृतिक शून्यतामा मुलुक प्रवेश गरेको थियो, अहिले त राजनीतिक र संवैधानिक शून्यतातर्फधकेलिएको छ ।”
यथास्थितिमा संविधानसभा पुनःस्थापना वा चुनाव दुवैले सङ्कटको समाधान निकाल्न असम्भव भएको बताउँदै र्सवपक्षीय गोलमेच सभाबाट मात्रै निकास निस्कने जिकिर अध्यक्ष वैद्यले गरे । उनले विदेशी शक्ति केन्द्रतर्फसङ्केत गर्दै अहिले नेपथ्यबाट संसदको चुनाव गर्नुपर्ने निर्देशन आइरहेको छ तर आफूहरुलाई त्यो अस्वीकार्य हुने बताए । रासस
