समाचारबिहीबार, चैत्र १३, २०७०

मन्त्रिपरिषद बैठकः सार्क सम्मेलन २८ कात्तिकमा

हिमालखबर

१३ चैतमा बसेको बसेको मन्त्रिपरिषद्को बैठकले १८ औं सार्क शिखर सम्मेलन आगामी २८ कात्तिकमा गर्ने साथै सम्मेलनको तयारीका लागि विभिन्न समिति गठन गरेको छ ।

बैठकपछि सञ्चारकर्मीहरुस“ग कुरा गर्दै सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले सार्क सम्मेलनको तयारीका लागि विभिन्न मन्त्रीहरु रहेको तयारी समिति गठन गरिएकोे जानकारी दिए ।

त्यस्तै बैठकले अधिवक्ता सपना प्रधानमल्ललाई यातना विरुद्धको अन्तर्राष्ट्रिय समिति सदस्यको रुपमा नेपालको प्रतिनिधि तोक्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले यसअघि स्वेच्छिक अवकासमा गएका तर राहत रकम नलिएका माओवादीका पूर्व लडाकूलाई ५ लाख रुपैया“ उपलब्ध गराउने पनि निर्णय गरेको छ भने नेपाली सेनाका मेजर विसनकुमार राई र प्रमुख सेनानी नवराज गुरुङलाई ब्रुनाई सरकारले दिन लागेको सम्मान लिन अनुमति दिएको छ ।

त्यसैगरी स्वीस सरकारको १ अर्ब ५१ करोड रुपैया“ र जापान सरकारको ३५ करोड रुपैया“ बराबरको अनुदानका लागि वार्ता प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयलाई सरकारले जिम्मेवारी दिएको छ ।

बैठकले जमैका सरकारस“ग कुटनीतिक सम्वन्ध बिस्तार गर्ने निर्णय गर्नुका साथै जापानको फुकुओ शहरमा अवैतानीक दूतमा जापानी नागरिकलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>