थप समाचारबिहीबार, चैत्र १३, २०७०

धनगढीमा एयरक्राफ्ट म्युजियम

हिमालखबर

सुदूरपश्चिमको पर्यटन प्रवद्र्धन तथा यहाँको परिचयको दायरालाई फराकिलो बनाउन ‘एयरक्राफ्ट म्युजियम’ बनाउन लागिएको क्याप्टेन वेद उप्रेतीले जानकारी दिएका छन् । संग्रहालय बनाउनका लागि कस्मिक एयरको पुरानो फोकर–१०० ग्राउण्डेड विमान धनगढी ल्याइएको छ ।

एयरक्राफ्ट म्युजियमका लागि धनगढी ल्याइएका विमानका पूर्जाहरु ।

धनगढी नगरपालिका–५ हसनपुरमा सञ्चालन हुने संग्रहालयमा विमानका आविस्कारक राइट दाजुभाइले १७ डिसेम्बर १९०३ मा निर्माण गरेको विमानदेखि पाइलटरहित आधुनिक विमान ड्रोनका तस्वीर साथै नागरिक र मिलिट्री मोडेल विमानहरु अवलोकनका लागि राखिने क्याप्टेन उप्रेतीले जानकारी दिए ।

सुदूरपश्चिमाञ्चलका पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थलहरू, यहाँको कलासंस्कृति तथा आधुनिक प्रविधिबाट ‘क्यानभास प्रिन्ट र फ्रेमिङ’ भएका तस्वीरहरू समेत संग्राहलयमा राखिने छन् ।

उप्रेतिले भने, “म्यूजियम सञ्चालनबाट प्राप्त नाफाको केही हिस्सा कैलाली जिल्लाका क्यान्सर पीडित र केही विद्यालयका बालबालिकालाई छात्रवृत्ति स्वरुप प्रदान गरिनेछ ।”

आफू पाइलट भएकोले ‘एयरक्राफ्ट म्यूजियम’ मा आकर्षित भएको उप्रेतीले बताए । उनका अनुसार विमानका पार्टपुर्जाहरू जोड्न समय लाग्ने हुँदा आउँदो भदौदेखि संग्रहालय सञ्चालनमा आउनेछ ।

कपिल भट्ट, धनगढी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>