थप समाचारशुक्रबार, चैत्र १४, २०७०

सप्तरीमा बस दुर्घटना हुँदा एकको मृत्यु, १६ घाइते

हिमालखबर

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कल्याणपुर–६ स्थित सडकखण्डमा बस दुर्घटना भएको हो । काठमाडौंबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना ४ ख ३७८८ नम्बरको यात्रुबाहक बस १४ चैत बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा परी भारतको जलपाइगुडीकी २६ वर्षीया रश्मी गुरुङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते उनको सप्तरीको नकटी रायपुरस्थित युनिक अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

घाइते १६ मध्ये ६ जनाको भने अवस्था गम्भीर छ । घाइते सात जनाको सिरहाको लहानमा, सात जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र दुई जनाको युनिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार सडकमै रोकिराखेको ना २ ख ९६०९ नम्बरको मालबाहक ट्रकलाई उछिन्ने क्रममा बस दुर्घटनामा परेको हो । दुर्घटनाग्रस्त बस र ट्रकलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखिएको प्रहरीले जनाएको छ ।
—————————————————————————————————————————————–

माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

रसुवाको फलाखु खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर १३ चैतमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोर्ले–५ निवासी ३२ वर्षीय मैते भनिने सन्तबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

११ हजार भोल्ट क्षमताको ग्रामीण विद्युत् लाइनबाट हुक लगाई फलाखु खोलाको दहमा माछा मार्ने क्रममा उनलाई करेन्ट लागेको हो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>