समाचारशुक्रबार, चैत्र १४, २०७०
अघिल्लो संविधानसभाका काम कारवाहीको अभिलेख स्वीकृत
संविधानसभा नियमावली २०७० को नियम १६२ बमोजिम संविधानसभाका महासचिव मनोहरप्रसाद भट्टराईले सभाअध्यक्ष सुवासचन्द्र नेम्वाङ समक्ष पेस गरेको विघटित संविधानसभाले गरेका निर्णय र काम कारवाहीको अभिलेख अध्यक्षले बैठकमा प्रस्तुत गरेका थिए । उक्त अभिलेखलाई सर्वसम्मतीले स्वीकृत गरेको हो ।
अघिल्लो संविधानसभाका काम कारवाहीहरुको अभिलेख अभिलेख अध्ययन तथा निर्क्यौल समितिमा पठाउने निर्णय गरेको छ । समितिले अभिलेख अध्ययन गरेर सहमति भएका र नभएका बिषय छुट्याउनेछ ।
समितिले सहमति भएको बिषयलाई मस्यौदा समिति पठाउनेछ भने नभएका बिषयलाई संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा पठाउनेछ ।
यसैगरी बैठकले सोही नियमावलीको नियम ६४ बमोजिम संविधान निर्माण र त्यससँग सम्बद्ध अन्य कार्यमा सहयोग पु¥याउन संविधानसभाअन्तर्गतका संवैधानिक, राजनीतिक संवाद तथा सहमति, संविधान अभिलेख, अध्ययन तथा निक्र्याेल, संविधान मस्यौदा, नागरिक सम्बन्ध तथा संविधान सुझाव र क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समितिमा रहने सदस्यको नाम सहमतिका लागि प्रस्तुत गरेको छ ।
संविधानसभाको अर्को बैठक आजै अपराह्न ३ बजे बस्ने कार्यक्रम छ । रासस
