समाचारआइतबार, भाद्र १०, २०६९

सरकारले मुठभेडको स्थितिमा पुर्‍यायोः सिटौला

हिमालखबर

प्रेस क्लब, भद्रपुरले १० भदौमा आयोजना गरेको पत्रकार भेटघाटमा महामन्त्री सिटौलाले काम चलाउ सरकारलाई अध्यादेश सिफारिस गर्ने अधिकार नरहेको प्रसङ्ग उल्लेख गर्दै यसका लागि राजनीतिक दलहरुसँगको सहमति अनिवार्य भएको बताए । उनले केही दिनका लागि संविधानसभालाई पुनःस्थापना गर्नुपर्ने वा राष्ट्रपतिमा भएको बाधा फुकाउने अधिकारको प्रयोग गर्नुपर्ने उल्लेख गरे । राष्ट्रपतिले संवैधानिक बाधा हटाउने र राष्ट्रिय सहमतिको सरकारले संविधानसभाको निर्वाचनमा जाने बाटो खोल्न सक्ने बताए ।

संसारमा कहीँ पनि दलीय सहमतिबिना संविधानसभाको निर्वाचन नभएको अवस्थामा सरकारले संविधानसभालाई छलेर र राजनीतिक दलका नेतालाई जानकारी नदिई संविधानसभाको विघटन गरेर मुलुकलाई मुठभेडको स्थितिमा पुर्‍याएको आरोप लगाए । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>