थप समाचारशनिबार, चैत्र १५, २०७०
मणिमण्डपको उत्खनन शुरु
त्रेतायुगमा रामले सीतासँग विवाह गरेको स्थलका रुपमा लिइने जनकपुरको पिडारीस्थित मणिमण्डपको पुरातत्व विभागले उत्खनन कार्य शुरु गरेको छ ।
जानकी मन्दिरको शिश महललाई राजा जनकको दरबारका रुपमा व्याख्या गरिन्छ । प्राचिनकालमा उक्त दरबारको क्षेत्रफल १५ कोस रहेको र दरबारमा ५२ वटा गल्ली रहेको ग्रन्थहरुमा उल्लेख छ ।
विभिन्न सोधहरुका आधारमा दरबारको बीच आँगन जनकपुुरको पिडारी गाउँमा परेको अनुमान गरिएको छ । त्यहीं नै राजा जनकले जानकी (सीता) को विवाह गर्दा बीच आँगनमा निर्माण गर्न लगाएको मडवालाई मणिमण्डप भन्ने गरिन्छ ।
पुरातत्व विभागका अधिकृत विष्णु पाठकले उत्खननपछि मणिमण्डप र वरिपरिका वस्तुहरुको महत्व र पौराणिकतालाई पुष्टि गर्ने बताएका छन् ।
रासस
