समाचारशनिबार, चैत्र १५, २०७०

विद्रोहको तयारी शुरुः रामबहादुर थापा

हिमालखबर

१५ चैतमा तनहुँको दमौलीमा आयोजित पार्टीको जिल्ला सम्मेलन उद्घाटन गर्दै नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले अहिले मुलुक शान्त देखिए पनि त्यो विद्रोह अघिको सन्नाटा मात्रै भएको भन्दै केही समयमै क्रान्तिको ‘ठूलो आँधी बेहरी’ आउने धम्की दिएका छन् ।

उनले भने, “अहिलेको शान्ति आँधिबेहरी अघिको सन्नाटा मात्र हो, अब परिवर्तनका लागि विद्रोह भै छाड्नेछ ।”

जनआन्दोलनका आकांक्षा पूरा हुन नसकेको र देशमा प्रतिगमनकारी शक्ति नै पुनः हावी भएको आरोप लगाउँदै थापाले विद्रोह आवश्यक भइसकेको दाबी गरे ।

उनले अब ‘संगठित विद्रोह’ नगर्ने हो भने मुलुकको ‘निशाना नै नरहने’ धम्की समेत दिए ।

एमाओवादीबाट फुटेर मोहन वैद्यको नेतृत्वमा गठन भएको नेकपा–माओवादीले संविधानसभा निर्वाचन समेत बहिस्कार गरेको थियो । मुलधारको राजनीतिबाट ओझेलमा परेको नेकपा–माओवादी अहिले आफ्नो भूमिकाको खोजीमा छ ।
पवन पौडेल, तनहुँ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>