समाचारशनिबार, चैत्र १५, २०७०

गायिका मञ्जु महतको निधन

हिमालखबर

कास्कीको भरतपोखरी स्थायी बसोबास भएकी लोक दोहोरी गायिका मञ्जु महतको १५ चैत अपराह्न काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।

१३ चैतमा गीत रेकर्डिङका लागि जमलको मालश्री स्टुडियो जाँदै गर्दा महत गल्कोपाखामा दुर्घटनामा परेकी थिइन् ।

उनी सवार स्कुटर दुईवटा माइक्रोबसको बीचमा चेपिएको थियो । लगतै उनलाई मनमोहन मेमोरियल अस्पताल लगेपनि उपचार हुन नसकेपछि शिक्षण अस्पताल हुँदै ग्राण्डी अस्पताल लगिएको थियो ।

दुर्घटनाबाट उनको देब्रे खुट्टा, टाउको र छातीमा गम्भीर चोट लागेको थियो। अस्पताल स्रोतका अनुसार उनका दुबै मृगौलामा समेत गम्भीर चोट लागेको थियो ।

महतले पशुपति शर्मासँग मिलेर गाएको ‘स्रोह दुना आठ’ बोलको गीत अहिले निकै चर्चामा छ । उनका ५ वटा दोहोरी गीतका एल्वम बजारमा छन् भने ३५ भन्दा बढी गीतमा मोडलिङ गरेकी छन् ।

२०६१ सालको राष्‍ट्रिय लोकदोहोरी प्रतियोगिता जितेपछि उनी चर्चामा आएकी उनी गायन क्षेत्रमा चर्चित हुनु अघि मोडलिङ गर्थिन् ।

महत राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानको उपत्यका समन्वय कमिटीको प्रथम उपाध्यक्ष समेत थिइन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>