समाचारशनिबार, चैत्र १५, २०७०

बाबुराम भट्टराई बाख्रापालनको तयारीमा

हिमालखबर

गोरखा पर्यटन समाजले १५ चैतमा काठमाडौंमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै एमाओवादी नेता बाबुराम भट्टराईले आफ्नो पुख्र्यौली घर भएको क्षेत्रमा खेती बढी नहुने भएकाले साथीसँग मिलेर बाख्रा पालन गर्ने तयारीमा रहेको बताएका छन् ।

“मैले यस्तोभन्दा धेरैले मेरो भनाइमा विश्वास नगर्लान् तर म गोरखा जिल्लामै बसेर त्यहीँ मर्न चाहन्छु,” नेता भट्टराईले भने, “मेरो गोरखाको घर रहेको क्षेत्रमा खेती बढी हुँदैन, सो ठाउँमा बाख्रापालन गर्न उपयुक्त छ, साथीसँग मिलेर अहिलेदेखि नै बाख्रापालन गर्ने तयारीसमेत गरेको छु ।”

उनले विदेशिने वा काठमाडौँमा बस्ने प्रवृतिको अन्त्य गर्न जरुरी रहेको भन्दै सबै व्यक्ति गाउँ फर्केर जान आवश्यक रहेको बताए । भट्टराईले थपे, “छोराछोरीलाई विदेश पठाउने र उनीहरु उतै बस्ने तथा बाबुआमा काठमाडौँमा आएर बस्ने दुवै प्रवृति बढ्दै गएको छ, यसलाई निरुत्साहित गर्न जरुरी छ ।”

परम्परागत खेतीपाती गर्ने वा जागिर गर्ने दुवै मानसिकता त्यागी अबको पुस्ताले आफैँ उद्यमशील बन्न जरुरी रहेको उनको भनाइ थियो ।

कार्यक्रममा गोरखाको पर्यटन विकासबारे कार्यपत्र प्रस्तुत गरिएको थियो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>