समाचारशनिबार, चैत्र १५, २०७०

महानिरीक्षकको निर्देशनः पत्रकारका हत्यारालाई चाँडै पक्रनु

हिमालखबर

जिल्ला प्रहरी कार्यालय बारामा १५ चैतमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले वीरगञ्जका प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खानल र बाराका प्रहरी उपरीक्षक इश्वरबाबु कार्कीलाई स्व. विरेन्द्र साहका हत्यारालाई सक्दो चाँडै पक्राउ गर्न निर्देशन दिएका छन् । सम्मेलनमा दुवै प्रहरी अधिकारी पनि सहभागी थिए ।

इनरवा प्रहरी चौकीको उद्घाटन गर्दै प्रहरी महानिरीक्ष्क उपेन्द्रकान्त अर्याल । तस्वीरः बिम्मी शर्मा, वीरगञ्ज

कार्यक्रममा पत्रकारहरुले साहका हत्याराहरु समाजमा खुलेआम घुमिरहेको गुनासो गरेपछि अर्यालले सँगै रहेका एसएसपी खनाल र एसपी कार्कीलाई अपराधीहरुलाई तुरुन्तै पक्राउ गर्न निर्देशन दिएका हुन् ।

उनले साहको हत्या घटना सम्बन्धी अहिलेसम्म भएका अनुसन्धान दस्तावेज अध्ययन गरेर हत्यारालाई पक्रन थप कदम चाल्ने पनि बताए ।

पत्रकार साहलाई बाराको पिपरा बजारबाट अपहरणपछि १८ असोज २०६४ मा हत्या भएको थियो ।

यसअघि अर्यालले कलैयामा आयोजित कार्यक्रममा बोल्दै तराइका जिल्लाहरुमा अपराध घटदै गएको जिकिर गरेका थिए । उनले नेपाल प्रहरीभित्र राम्रो छवी बनाएका प्रहरी अधिकृतहरुलाई तराईका जिल्लामा पठाइने समेत बताए ।

जवानको मेसमा खाना
१४ फागुन राति अर्याल बाराको बरियारपुरस्थित बरियापुर प्रहरी चौकीमा बास बसेका थिए । तल्लो तहका प्रहरीको अवस्था बुझ्न महानिरीक्षक प्रहरी चौकीमा बास बसेको उपरीक्षक इश्वरबाबु कार्कीले बताए ।

उनले जवानहरुकै मेसमा खाना खाएर र उनीहरुको गुनासो सुनेका थिए ।
श्याम गुप्ता, बारा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>