थप समाचारशनिबार, चैत्र १५, २०७०
सप्तरीका विभिन्न गाउँमा आगलागी, ठूलो क्षति
करिब एकै समयमा जिल्लाका बिभिन्न ठाउँमा आगलागी हुँदा राजविराज नगरपालिकाको बारुण यन्त्रलाई हम्मे हम्मे परेको थियो । आगलागीका सबै घटनामा मानवीय लापर्वाही कारण देखिन्छ ।
१५ चैत दिउँसो २:३० बजे औरहीमा भएको आगलागीबाट ११ घर १० गोठ, ८ वटा परालको कुन्यू नष्ट हुँदा रु ३४ लाख बराबरको क्षति भएको छ ।
औरही ७ कटैयाका लक्ष्मण साहको गोठ नजिकै फ्याँकिएको खरानीबाट आगो सल्केको हो ।
आगो थप बढ्न नदिन दुई घर र गोठ भत्काइएको थियो ।
राजविराज नगरपालिकाबाट पुगेको बारुण यन्त्र, स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल तथा सशस्त्र प्रहरीको प्रयासमा साँझ ५ बजेमात्रै आगो नियन्त्रणमा आएको थियो ।
यस्तै भगवतपुर गाविस– ४ मझौरामा पनि आगलागी भएको छ ।
गोठबाट शुरु भएको आगोले एक वटा भैंसी र दुई वटा गोरुको जलेर मृत्यु भएको छ । आगलागीले गोठ समेत जलेर नष्ट हुँदा रु १ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
बरहीबीरपुर गाविसमा भएको आगलागीबाट एउटा घर जलेर नष्ट भएको छ । बरहीबीरपुर–३ हाटी निवासी रामेश्वर साहको घर आगलागीबाट नष्ट भएको हो । यहाँ पनि घर नजिकै फयाँकिएको खरानीबाट सल्केर आगलागी भएको स्थानीयले बताएका छन् ।
श्रवणकुमार देव, राजविराज
