समाचारआइतबार, भाद्र १०, २०६९

यो सरकार एक/दई साताभित्रै हट्छः भण्डारी

हिमालखबर

सिरहाको लहानमा  १० भदौमा पत्रकारहरुसँग कुरा गर्दै भण्डारीले कांग्रेस र एमालेको नेतृत्वमा छिट्टै हुने जनआन्दोलनले अबको एक/दई साताभित्रै भट्टराई नेतृत्वको सरकार विस्थापित गर्ने ठोकुवा गरिन् ।

वर्तमान सरकार संविधानसभा विघटनसँगै असंवैधानिक भइसकेकाले जतिसक्दो चाँडो राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्नेमा भण्डारीको जोड थियो । उपाध्यक्ष भण्डारीले एमाओवादीले अझै सत्ताकब्जा र एकदलीय अधिनायकवादलाई त्याग्न नसकेकाले दलहरुबीचको सहमति र सहकार्य धरापमा परेको बताइन् ।

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बनेको संघीय गठबन्धनलाई सत्ता टिकाउने खेलको संज्ञा दिंदै भण्डारीले उक्त मोर्चा विघटन भएमात्र दलहरुबीच वार्ता र संवादको वातावरण तयार हुनसक्ने धारणा राखिन् । एमाले निकट अखिल नेपाल महिला संघको क्षेत्रीय ब्यूरोको आजदेखि सिरहाको लहानमा शुरु विस्तारित बैठकमा सहभागी हुन भण्डारी लहान पुगेकी हुन् । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>