समाचारआइतबार, चैत्र १६, २०७०
ट्याक्सी दुर्घटना हुँदा ६ जनाको मृत्यु
मकवानपुरको सिस्नेरी गाविस–३ माल्टाडाँडामा काठमाडौंबाट विराटनगर जाँदनै गरेको ट्याक्सी दुर्घटना हुँदा मोरङको बेलिया–३ की ३६ वर्षीय की दुर्गा पौडेल, उनका ११ वर्षका छोरा प्रञ्जल पौडेल र तीन वर्षकी छोरी पराञ्जलि पौडेल, काठमाडौँ बस्दै आएकी २६ वर्षीया कुसुम विष्ट, उनका १० वर्षका छोरा उद्धव विष्ट र चार महिनाकी छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृतक दुर्गा पौडेलका पति ट्याक्सी चालक यज्ञ पौडेल गम्भीर घाइते भएका र उनलाई काठमाडौँको वीर अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ट्याक्सी सडकबाट करिब ५० फिट तल खसेको थियो ।
