थप समाचारआइतबार, चैत्र १६, २०७०
चिनी उद्योगमा आगलागी
मिलका महाप्रबन्धक सुरेन्द्र शुक्लाका अनुसार हावाहुरीसँगै लागेको आगोबाट मिलमा रहेका करोडौँ मूल्य पर्ने सामग्री जलेर नष्ट भएका छन् ।
मिलमा आगो लागेपछि रामग्राम नगरपालिकाको दमकल, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए । दिउँसो मिलमा रहेको बकासबाट सल्केको आगोले मिलका अधिकांश सामान जलेर नष्ट भएका हुन् ।
यसैबीच हावाहुरीका कारण शुक्रबार रामग्राम नगरपालिकाको मन्जरिया चोकमा लागेको आगोका कारण पाँच घर जलेर नष्ट भएका थिए ।
सुख्खा मौसममा चलेको हावाहुरीका कारण चुरे क्षेत्रको वनमा समेत आगलागी सुरु भई ठूलो क्षति भइरहेको छ । आगलागीबाट चरा चुरुङ्गी तथा वन्यजन्तुसमेत समस्यामा परेका छन् ।
