थप समाचारआइतबार, चैत्र १६, २०७०
जीप र मोटरसाइकल ठोक्किंदा एकको मृत्यु
१६ चैत बिहान महेन्द्रनगरबाट धनगढी तर्फ गइरहेको से. १ प. ४६१ नम्बरको दुग्ध विकास संस्थानको जीप र विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाईकल चालकको मृत्यु भएको छ । सुडा–४ नयाँगाउका १९ वर्षीय मोटरसाइकल चालक प्रमोद साउदको घटनास्थलमै मृत्यु भएको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार १७ वर्षीय प्रेम बोहरा तथा जीपमा सवार दुग्ध विकास संस्थान धनगढीका कर्मचारी नरवहादुर कुँवर र उमेश यादव घाईते भएका छन ।
घाईते यादवको महाकाली अञ्चल अस्पतालमा र अन्य दुईलाई थप उपचारका लागि भारततर्फ लगिएको छ ।
जीपका चालक फरार रहेको प्रहरीले जनाएको छ ।
बच्चु विक, महेन्द्रनगर
