समाचारआइतबार, चैत्र १६, २०७०

नेता नेपाल ओलीलाई भेट्न दिल्ली प्रस्थान

हिमालखबर

दिल्लीको सुल्तानपुरस्थित अपार्टमेन्टमा आराम गरिरहेका नेता केपी ओली । तस्वीरः विष्णु रिजालको फेसबुकबाट

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल भारतको नयाँ दिल्लीमा स्वास्थ्यलाभ गरिरहेका एमाले संसदीय दलका नेता केपी ओली भेट्न १६ चैत दिउँसो त्यसतर्फ गएका छन् ।

नयाँ दिल्लीको साकेतस्थित म्याक्स सुपर स्पेसिलिटी हस्पिटलमा २७ दिन भर्ना भएका ओली १५ चैतमा डिस्चार्ज भए पनि अस्पतालको सम्पर्कमा केही दिन बस्नुपर्ने चिकित्सकले बताएकाले अझै दिल्लीमै छन् ।

यसअघि ओलीलाई भेट्न एमाले उपाध्यक्ष समेत रहेका गृहमन्त्री वामदेव गौतम दिल्ली गएका थिए ।

ओलीलाई ब्याक्टेरियाको असाधारण संक्रमणका कारण ‘रिकरेन्ट युटिआई’, ‘लोअर युरिनरी ट्रयाक्ट सिम्पटम्स’, ‘स्किन लिजन’ र ज्वरो आउने समस्या भएको र चाँडै निको हुने पनि उपचाररत चिकित्सकहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>