समाचारसोमबार, भाद्र ११, २०६९

नेपालले विश्वमा आणविक कार्यक्रमको होडबाजी बारे कुरा उठाउन सक्छ–उपप्रम श्रेष्ठ

हिमालखबर

इरानको राजधानी तेहरानमा हुने असंलग्न आन्दोलनको १६औँ शिखर सम्मेलनमा भाग लिन जाने क्रममा ११ भदौमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपालको भूमिका महत्वपूर्ण र प्रभावकारी भएको बताए । भने–“नेपालले यो सम्मेलनमा शान्ति सद्भाव, स्थिरता, विश्व भाइचारा र समान अस्तित्वको विषयमा आफ्नो धारणा राख्छ ।”

शीतयुद्धको अन्त्यपछि असंलग्न आन्दोलनको भूमिका छैन र यसले कुनै पनि अर्थ राख्दैन भन्नेहरूले पनि यसको भूमिका अझ बढेको बताउन थालेको उनले उल्लेख गरे । शिखर सम्मेलनमा नेपालले विश्वमा मनोमानीपूर्ण ढङ्गले बढ्दै गएको आणविक कार्यक्रमका विषयमा पनि कुरा उठाउन सक्ने उनले बताए । भने “नेपाल विश्वमा आणविक कार्यक्रमको होडबाजी होइन, यसलाई निरन्तर घटाउँदै जानुपर्छ भन्ने पक्षमा छ ।” नेपाल संस्थापक सदस्य भएको नाताले पनि यसको भूमिका अझ महत्वपूर्ण रहेको चर्चा गर्दै उनले विश्व अमनचयनमा सम्मेलनले महत्वपूर्ण विषय पारित गर्ने विश्वास व्यक्त गरे ।

सम्मेलनमा क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव बान–कि मुन, इरानी राष्ट्रपति मोहम्मद अहमदिनेजाद, इरानका अरू नेतालगायत संसारका अन्य राष्ट्रप्रमुखसँग भेटघाट गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए । सम्मेलनको परराष्ट्रमन्त्रीस्तरीय बैठकमा भाग लिनका लागि उनी तेहरानतर्फ लागेका हुन् । यसअघि परराष्ट्रसचिव दुर्गाप्रसाद भट्टराई नेतृत्वको प्रतिनिधिमण्डल तेहरान पुगिसकेको छ । प्रधानमन्त्री डा बाबुराम भट्टराईसहितको प्रतिनिधिमण्डल भने यही भदौ १३ गते त्यसतर्फ लाग्ने कार्यक्रम छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>