समाचारसोमबार, चैत्र १७, २०७०

सबै दलको सहमतिमै स्थानीय निर्वाचनः देउवा

हिमालखबर

नेपाली कांग्रेसका वरिष्ठ नेता देउवाले स्थानीय निकायको निर्वाचनका लागि सबै दलबीच सहमति हुने विश्वास व्यक्त गरेका छन् । नेपाल प्रेस युनियन कञ्चनपुरले १७ चैतमा महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा उनले दलहरुबीच सहमति हुन नसकेका कारण निर्वाचनको मिति नतोकिएको बताए ।

उनले जनतासामु कांग्रेसले गरेको वाचा पूरा गर्ने पनि प्रतिवद्धता व्यक्त गरे । उनले भने, “हामीले एक वर्षभित्र संविधान बनाउने भनेका थियौँ, त्यहीअनुसार संविधान बनाउँछौँ, केही दिन तलमाथि हुनसक्छ ।”

उनले उच्चस्तरीय राजनीतिक संयन्त्रले संविधान निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने पनि जिकिर गरे । “राजनीतिक संयन्त्रले संविधानसभा र सरकारबीच समन्वयको भूमिका निर्वाह गर्छ,” उनले भने ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>