समाचारसोमबार, चैत्र १७, २०७०

मानवअधिकारवादी पहाडी आमरण अनशनमा

हिमालखबर

अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान (आईसीसी) अनुमोदन गराउन भन्दै मानवअधिकारवादी पहाडीले १७ चैतदेखि आमरण अनशन शुरु गरेका हुन् । उनले काठमाडौंको शान्तिवाटिकामा अनशन शुरु गरेका छन् ।

अनशन शुरु गर्दै उनले अन्तर्राष्ट्रिय फौजदारी अदालत आमसंहार, युद्ध अपराध, मानवताविरुद्धको अपराधलगायतका अपराधमा संलग्न कुनै पनि व्यक्तिलाई न्यायिक कठघरामा उभ्याउन सक्ने स्वतन्त्र अन्तर्राष्ट्रिय निकाय भएकाले रोम विधान अनुमोदन गर्नुपर्ने बताए ।

१५ चैत २०७० सम्म रोम विधान अनुमोदन गर्न भन्दै उनले प्रधानमन्त्री एवम् मन्त्रीहरुलाई भेटेर ज्ञापनपत्र बुझाएका थिए । उनले सरकारले विधान अनुमोदनका लागि चासो नदिएकाले अनशन शुरु गरेको बताए ।

विश्वका १२२ देशले अहिलेसम्म रोम विधानलाई अनुमोदन गरिसकेका छन् । नेपालले पछिल्लो पटक पुष्पकमल दाहाल नेतृत्वको सरकारका पालामा रोम विधान पारित गर्नका लागि २३ माघ २०६५ मा मन्त्रिपरिषदमा पेश गरेको भए पनि पारित भएको थिएन ।

आमरण अनशन बस्नुको कारणबारे कृष्ण पहाडीसँग गरिएको कुराकानी ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>