समाचारसोमबार, चैत्र १७, २०७०

युनिटी सञ्चालकलाई तीन वर्षको कैद सजाय

हिमालखबर

युनिटी लाइफका अध्यक्ष काशिराम गुरुङ । फाइल तस्वीर

जिल्ला अदालत ललितपुरले युनिटी लाइफका अध्यक्ष काशिराम गुरुङ सहित १२ जनालाई तीन वर्षको कैद सजाय सुनाएको हो । न्यायाधीश टेकनारायण कुँवरको इजलासले १७ चैतमा फैसला सुनाउँदै उनीहरुलाई दोषी ठहर गरेको हो ।

अदालतले १२ जना सञ्चालकलाई तीन/तीन वर्षको जेल सजायका साथै रु. १२ करोड ७५ लाख १५ हजार ३१७ विगो भराउने फैसला सुनाएको छ । जरिवाना रकम जनही रु. १ करोड ६ लाख २६ हजार २७६ पर्न आउँछ ।

दोषी ठहर भएकामा युनिटी लाइफका अध्यक्ष काशिराम गुरुङ, नेत्र राजवंशी, भीमबहादुर गुरुङ, इन्द्रबहादुर विक, विष्णु क्षेत्री, कृष्ण क्षेत्री, महेन्द्र केसी, शिशिर योगी, लोकबहादुर टण्डन, विश्वनाथ गौतम, घनश्याम बस्ताकोटी र गोविन्द ज्ञवाली छन् ।

नेटवर्कमार्फत् युनिटी लाइफले चार लाख नेपालीको रु. ६ अर्ब ठगेको थियो । हिमालले युनिटीको ठगीको खुलासा गरेपछि सरकारले युनिटीलाई प्रतिबन्ध लगाएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>