थप समाचारमंगलबार, चैत्र १८, २०७०
भारतका लागि अमेरिकी राजदूत पावेलद्वारा राजीनामा
अमेरिकी राजदूत न्यान्सी पावेलले आफूले पूर्व योजना अनुसार मे महिनाको अन्त्यमा सरकारी सेवाबाट अवकास लिने र आफनो राजीनामा राष्ट्रपति बाराक ओवामालाई बुझाइसकेको जानकारी दिएकी छन् ।
पावेलले भारतीय कुटनीतिज्ञ देवयानी खोवरगढे अमेरिकामा पक्राउ परेपछि भारतमा उत्पन्न तनाव र भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीको प्रधानमन्त्री हुने सम्भावना बारे ठिक निक्र्यौल गर्न नसकेकाले उनलाई अमेरिकाले राजदूतबाट हटाउन सक्ने सम्भावना बारे भारतीय मिडियाहरुले उल्लेख गर्दै आएका थिए ।
तर अमेरिकी विदेश विभागले ती खबरहरुलाई निराधार भन्दै राष्ट्रपति ओबामालाई पावेलको क्षमतामाथि पूर्ण भरोषा रहेको जनाएको छ ।
विश्लेषकहरु अमेरिकाले भारतमा मोदी प्रधानमन्त्री बन्ने निक्र्यौल गर्दै उनीसँग सम्बन्ध विस्तारका लागि नयाँ राजदूत नियुक्त गर्दा सहज हुने आकलन गरेको पनि बताउँछन् ।
पावेल नेपालमा पनि अमेरिकाका लागि राजदूत रहिसकेकी छन् ।
