थप समाचारमंगलबार, चैत्र १८, २०७०
महाधिवेशनको तयारी गर्दै पत्रकार महासंघ
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको सिन्धुपाल्चोकमा बसेको बैठकले महासंघको २४ औं महाधिवेशन २० र २१ बैशाख २०७१ (मे ३–४) गते काठमाडौंमा गर्ने निर्णय गरेको छ ।
बैठकले महाधिवेशनका लागि अध्यक्ष शिव गाउँलेको अध्यक्षतामा पदाधिकारी, केन्द्रीय सदस्य, सल्लाहकार र सरोकारवाला संघ–संस्थाका प्रमुख रहने गरी मूल आयोजक समिति र त्यसअन्तर्गत विभिन्न समिति गठन गर्ने निर्णय समेत गरेको छ । महाधिवेशनबाट नयाँ कार्यसमिति पनि चयन हुनेछ ।
त्यसैगरी बैठकले नेपालवाणी नेटवर्कमा कार्यरत श्रमजीवी पत्रकारहरुले गरेको आन्दोलनबारे आफ्नो ध्यानाकर्षण भएको भन्दै श्रमजीवी पत्रकार ऐन तुरुन्त लागू गर्न र श्रमजीवी ऐन अन्तर्गत पाउने सबै सेवा सुविधाहरु पत्रकारहरुलाई प्रदान गर्न नेटवर्कको व्यवस्थापनलाई निर्देशन दिएको छ । साथै, प्रशारण सेवा नै बन्द गर्ने कार्य अविलम्ब फिर्ता लिन आन्दोलनरत पत्रकारहरुलाई पनि आग्रह गरेको छ ।
