समाचारसोमबार, भाद्र ११, २०६९

युद्ध लड्ने बेला आयोः एमाले उपाध्यक्ष भण्डारी

हिमालखबर

सप्तरी सदरमुकाम राजविराजमा ११ भदौमा प्रेस चौतारी सप्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेतृ भण्डारीले मुलुकमा अन्याय बढिरहेकाले आफ्नै दाजुभाइसँग बाध्य भएर लड्नुपर्ने र यसका लागि आफूहरु तयार भइसकेको धारणा राखिन् । कार्यक्रममा भण्डारीले भनिन्, “अन्याय, अत्याचार तथा अधर्मविरुद्ध जसरी महाभारत भयो, त्यस्तै युद्धको समय आइसकेको छ ।”

राज्यपुनर्संरचनाको विषयमा पार्टी सस्थापनसँग असन्तुष्ट मधेशी र आदिवासी जनजाति समुदायका नेताहरु पार्टीमा फर्कने नेतृ भण्डारीको भनाइ थियो । भण्डारीले भनिन्, “अभिभावकसँग छोराछोरी आक्रोशित भए जस्तो मात्रै हो ।” उनले एमाले एकल जातीय पहिचानको पक्षमा भने नजाने बताइन् ।

श्रवणकुमार देव, सप्तरी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>