समाचारमंगलबार, चैत्र १८, २०७०

विमल घर्ती युरोपियन क्लबहरुसँग खेल्न बेल्जियममा

हिमालखबर

विमानस्थलमा विमल घर्ती । तस्वीर साभार: गोल नेपाल डट कम

एन्फाका अनुसार फुटबल खेलाडी विमल घर्ती मगर बेल्जियमको फुटबल क्लब एन्डरलेचका तर्फबाट यू–१७ फुटबल खेल्न त्यसतर्फ गएका छन् । दुई महिनाका लागि बेल्जियम गएका उनका लागि यो परीक्षण र तालिम अवधि हुनेछ ।

यो अवधिमा विमलले एन्डरलेचका तर्फबाट युरोपका चर्चित क्लबहरु एसी मिलान, वेन्फिका, लिभरपुल, सेलटिक लगायतविरुद्ध उमेर समूहका खेलहरु खेल्ने छन् ।

शुरुको दुई हप्ता वन्द प्रशिक्षणमा सहभागी भएपछि विमलले उमेर समूहको फुटबल प्रतियोगिता र नेदरल्याण्डको एम्सटरडममा अयाक्स क्लबले आयोजना गर्ने यू १७ फ्युचर कपमा एन्डरलेचबाट खेल्नेछन् ।

यसअवधिमा उनी अमेरिकामा आयोजना हुने प्रतियोगितामा पनि सहभागी हुने सम्भावना रहेको एन्फाले जनाएको छ ।

उनलाई विदाई गर्न विमानस्थलमा एन्फा अध्यक्ष गणेश थापालगायतका पदाधिकारीहरु र समर्थकहरु पुगेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>