थप समाचारबुधबार, चैत्र १९, २०७०
रमणीय रारा (तस्वीरसहित)
कर्णाली, मुगुस्थित रारा तालले बाह्रै महीना मौसम अनुसारको सौन्दर्य ग्रहण गर्छ । अप्सरासँग तुलना गरिने राराको यो २९ फागुनको रूप हो । त्यो अपराह्न पग्लिएको राराको सतहमा छायाँनाथ, चंखेली लगायतका हिमाल अडिन खोजिरहेका थिए ।
मुगुको ताल्चा विमानस्थलबाट तीन घण्टा पैदलमा पुगिने रारा नेपालको सबभन्दा ठूलो ताल हो । पाँच किलोमिटर लम्बाइ र तीन किमि चौडाइमा फैलिएको रारा १६७ मिटर गहिरो छ ।
तस्वीरः दीर्घराज उपाध्याय
