थप समाचारबिहीबार, चैत्र २०, २०७०
क्रिमियाबारे गलत प्रचारबाजीः रुसी राजदूत
विश्व सम्बन्ध परिषद्ले १९ चैतमा काठमाडौंमा आयोजना गरेको ‘समकालीन विश्वमा रसियामा देखिएको समस्या र समाधान’ विषयक अन्तर्क्रियामा रुसी महासंघका राजदूतले भने, “पहिला यही तरिकाले युक्रेन टुक्रेको थियो, त्यसैगरी कोसोभो पनि टुक्रिएको थियो तर कुरा उठेन । अहिले क्रिमियाको विषयलाई बढी उठाइएको छ, यो पश्चिमा सञ्चारमाध्यमको प्रचारबाजी हो ।”
राजदूत भेलिभिचकिनले रसियाले क्रिमियाली जनताको नैतिक अधिकारलाई सम्बोधन गरेको दावी गरे ।
संविधानविद् नीलाम्बर आचार्यले क्रिमियाको विषयलाई लिएर दुई शक्तिशाली मुलुक अमेरिका र रसियाबीचको सम्बन्धमा आँच आउन नहुने बताएका थिए ।
