समाचारबिहीबार, चैत्र २०, २०७०

कांग्रेस मन्त्रीहरू साताको एकचोटी पार्टी कार्यालयमा

हिमालखबर

नेता र कार्यकर्ताको गुनासो र पार्टीको निर्देशनपछि काांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले अबदेखि पालैपालो हप्ताको एकपटक दुई घण्टा सानेपास्थित कांग्रेस मुख्यालयमा नेता कार्यकर्तासँग भेटघाट गर्ने भएका छन् ।

कार्यकर्तासँग भेटघाट कार्यक्रमअन्तर्गत १९ चैतमा कांग्रेसका महामन्त्रीसमेत रहेका उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले दिउँसो २ देखि ४ बजे पार्टी मुख्यालयमा कार्यकर्तासँग भेटघाट गरेका थिए ।

यसअघि कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले भेट्न समय नदिएको भनी नेता र कार्यकर्ताहरूले आलोचना गरेपछि उक्त कार्यक्रम शुरु गरिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>