थप समाचारबिहीबार, चैत्र २०, २०७०

नेपालवाणी नेटवर्कको प्रसारण सुचारु

हिमालखबर

तलब भत्ता नपाएको भन्दै नेपालवाणी नेटवर्कमा कार्यरत पूर्व कर्मचारीले प्रसारण बन्द गराई धर्ना शुरु गरेका थिए ।

व्यवस्थापनका तर्फबाट दामोदरप्रसाद दवाडी, प्रदीप घिमिरे, ऋषि धमला र आन्दोलनकारीका तर्फबाट शम्भु रेग्मी, टङ्क खनाल, धिरज बस्नेत र सिन्धु ढकालबीचको वार्ता तीनबुँदे सहमतिमा टुङ्गिएपछि नेटवर्कको प्रसारण शुरु भएको हो ।

वार्ता टोलीबीच नेटवर्कमा कार्यरत रहँदाको बाँकी वक्यौता तलब, भत्ता र अतिरिक्त कार्यक्रमको रकम २६ चैतभित्र भुक्तानी गरिसक्ने सहमति भएको छ ।

उनीहरूको के कति बक्यौता रहेको भनी छानबिन गर्न दवाडी, घिमिरे र धमला रहेको एक टोली गठन गरिएको छ । टोलीले छानबिन गरेर प्रतिवेदन व्यवस्थापनलाई बुझाउने छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>