समाचारबिहीबार, चैत्र २०, २०७०

मन्त्रिपरिषद बैठकः केन्द्रीय कारागार नुवाकोट सारिने

हिमालखबर

२० चैतमा बसेको मन्त्रिपरिषद बैठकले केन्द्रीय कारागार नुवाकोटको विदुरमा सार्ने निर्णय गरेको छ । राजधानीमा रहेको केन्द्रीय कारागारको भौतिक संरचना जर्जर र साँगुरो हुनुका साथै असुरक्षित समेत भएको भन्दै विदुरमा सार्ने निर्णय गरिएको हो ।

त्यसैगरी बैठकले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको स्तरोन्नतिका लागि ३ करोड अनुदान दिने भएको छ ।

हालै सचिवमा बढुवा भएका प्रभाकर पाठकलाई प्रधानमन्त्री कार्यालयमा पदस्थापन गर्ने निर्णय पनि सरकारले गरेको छ ।

यसअघि बढुवा भएका अन्य सचिवका विषयमा भने कुनै निर्णय भएको छैन । पाठकको पदावधि यसै साता सकिने भएकाले तत्काल पदस्थापन गरिएको हो ।

त्यसैगरी सरकारले मेलम्ची आयोजनाका लागि २ अर्ब ४३ करोड ऋण समेत स्वीकृत गरेको छ ।

सरकारले इन्टरनेशनल फाइनासिन्सयल कर्पोरेशन (आइएफसी) लाई नेपालमा लगानी जुटाउन स्थानीय मुद्रामा ५ सय मिलियनसम्मको बण्ड जारी गर्न दिने पनि बैठकले निर्णय गरेको छ ।

त्यसैगरी इटलीमा अवैतनिक महावाणिज्य दूतावास खोल्न र नेपालमा हंगेरीको वाणिज्य दूतावास खोल्न बैठकले स्वीकृति प्रदान गरेको छ ।

साथै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रविन्द्रकुमार शाक्यले दिएको राजीनामा मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>