थप समाचारबिहीबार, चैत्र २०, २०७०

लेबनानमा दश लाख सिरियाली शरणार्थी

हिमालखबर

गृहयुद्धबाट जर्जर भएको सिरियाबाट छिमेकी देश लेबननमा शरण लिने शरणार्थीहरुको संख्या १० लाख पुगेको र त्यसमध्ये आधा संख्या बालबालिकाको रहेको संयुक्त राष्ट्रसंघको शरणार्थी निकायले जनाएको छ ।

शरणार्थीहरु सबै अत्यन्तै गरिबीको अवस्थामा बाँचिरहेका र उनीहरुका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यकता भएको पनि राष्ट्रसंघले उल्लेख गरेको छ ।

सिरियामा विगत तीन वर्षयता जारी द्वन्द्वमा परी एक लाख ५० हजार व्यक्तिको ज्यान गएको सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाएको छ ।

त्यसैगरी द्वन्द्वको कारण सिरियाको जनसङ्ख्याको आधा जनता आफ्नो घर छोडेर छिमेकी देशमा शरण लिनपुगेका छन् ।

सिरियाली शरणार्थीहरु करिब ६ लाखे जोर्डनमा र ६ लाख ७० हजार टर्कीमा पनि छन् ।

संयुक्त राष्ट्र संघका शरणार्थी निकायका प्रमुखले लेबनानमा रहेका सिरियाली शरणार्थीलाई सहयोग गर्न विश्व समुदायलाई आग्रह गरेका छन् । ठूलो सङ्ख्यामा सिरियाली शरणार्थी बालबालिकाले विद्यालय पढ्नबाट पनि वञ्चित भएको राष्ट्रसंघले जनाएको छ ।

सिरियामा सन् २०११ को मार्चबाट राष्ट्रपति बसार अल असादको राजीनामाको माग गर्दै शुरु भएको आन्दोलनले तीन बर्ष पूरा गरिसकेको छ ।

एएफपी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>