समाचारमंगलबार, भाद्र १२, २०६९
‘सरकार विदेशी समर्थनले टिकेको छ’
क्रान्तिकारी पत्रकार संघ दाङले १२ भदौमा आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष गजुरेलले वर्तमान सरकार जति दिनसम्म रहन्छ त्यति राष्ट्र असफल दिशामा जाने बताए । गजुरेलले देशलाई अग्रगमनतर्फलैजान राष्ट्रवादी र देशभक्त शक्तिहरू गम्भीर भएर लाग्नुपर्नेमा जोड दिए ।
उपाध्यक्ष गजुरेलले पुष्पकमल दाहाल नेतृत्वको एकीकृत नेकपा माओवादी कार्यदिशा विचलित भइसकेको आरोप लगाए । मूलभूत कार्यदिशाबाटै विचलित भएकाले पार्टी एकताको आधार पनि समाप्त भएको उनको भनाइ थियो ।
एमाओवादीको कडा आलोचना गरेका गजुरेलले आफूहरूले महानायक बनाउन खोजे पनि हरेक विषय र एजेण्डामा आत्मर्समर्पण गरेर पुष्पकमल दाहाल खलनायक सावित भइसकेको उल्लेख गरे । उनले संविधान नबन्नुमा सभासद् नभई प्रमुख दलका शीर्ष नेताहरू दोषी भएको बताए ।
देविका घर्ती मगर, दाङ
