समाचारबिहीबार, चैत्र २०, २०७०
सेतीमा डुबेर बालिकाको मृत्यु
तनहूँको काहुँशिवपुर–१ हुल्सेस्थित सेती नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । २० चैत साँझ लुगा धुने क्रममा चिप्लेर बालिकाको मृत्यु भएको हो ।
काहुँशिवपुर–१ सेटाङकी ९ वर्षीया विपना थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । चिप्लेर नदीमा खसेकी उनको उपचारका लागि दमौली लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
पवन पौडेल, तनहूँ
