समाचारशुक्रबार, चैत्र २१, २०७०

खनाल दिल्ली प्रस्थान, ओलीलाई भेट्ने

हिमालखबर

२१ चैत विहान दिल्ली प्रस्थान गरेका एमाले अध्यक्ष झलनाथ खनालले दिल्लीको अपोलो अस्पतालमा स्वास्थ्य परीक्षण गराउने र उपचारका क्रममा दिल्लीमै रहेका नेता केपी ओलीलाई पनि भेट्ने बताएका छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै खनालले दिल्ली बसाइका क्रममा राजनीतिक भेटवार्ता भने नहुने बताए ।

म्याक्स अस्पतालमा उपचारपछि दिल्लीको सुल्तानपुरस्थित गेष्ट हाउसमा आराम गरिरहेका नेता ओलीलाई यसअघि वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, र महासचिव इश्वर पोखरेलले दिल्ली गएर भेटिसकेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>