थप समाचारशुक्रबार, चैत्र २१, २०७०

सवारी दुर्घटनामा मृत्यु

हिमालखबर

२१ चैत विहान पोखराबाट विजयपुरतर्फ जाँदै गरेकोे ग ८ प ६४५० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ग १ त १७९४ नंम्बरको ट्रयाक्टर एक आपसमा ठोक्किदा मोटरसाईकलमा सवार पोखरा–१५ नयाँगाउका २५ वर्षीय भुपाल रानाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक पोखरा १० घलेचोकका २१ वर्षीय नरकुमार गुरुङ घाइते भएका छन् । घाइतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

सडकमै ट्र्याक्टर पल्टेपछि केहीबेर पृथ्वीराजमार्गको चाउथे सडक खण्ड अवरुद्ध भएको थियो । ट्रयाक्टर चालक तनहुँ गाछेपानीका २२ वर्षीय वसन्त थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

माधव बराल, पोखरा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>