थप समाचारशुक्रबार, चैत्र २१, २०७०
दुर्घटनामा दुई को मृत्यु चार घाईते
कैलालीको अत्तरियाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको म. १ ख. ५७५ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको म. १ प. ५९१७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको घट्नास्थलमा र एक जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको छे ।
बसले ठक्कर दिंदा मोटरसाइकलमा सवार कृष्णपुर–२ वाणीका ३० वर्षीय धनसिँह गिरीको घट्नास्थलमै मृत्यु भएको हो भने उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएका अर्का ब्यक्तिको सनाखत हुन सकेको छैन् ।
ठक्करबाट मोटरसाईकल चालक वाणीकै २८ वर्षीय नरेश जोशी तथा सडक छेउमा रहेका वाणीका ३० वर्षीय बिष्णु गिरी, देखतभुलीका बिमला सिंह, कैलालीको बनखेतका अर्जुन चौधरी घाइते भएका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका जोशी र गिरीलाई अत्तरियाको पद्मा अस्पतालमा उपचार हुन नसकेपछि भारत लगिएको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अन्य घाइतेहरुको पद्मा अस्पतालमा उपचार भइरहेको छ ।
बच्चु विक, महेन्द्रनगर
