थप समाचारशनिबार, चैत्र २२, २०७०
असई मृत फेला
जिल्ला प्रहरी कार्यालय धनकुटावाट खाना खाएर २१ चैत राति न्यायाधीश रामचन्द्र यादवको निवासमा सुत्न गएका असई गोविन्द राई ओच्छयानमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका नायब उपरिक्षक रामेश्वर कार्कीले बताएका छन् ।
मोरङको बेलवारी घर भई प्रहरी चौकी त्रिवेणी छिन्ताङमा दरबन्दी भएका असई राई लामो समयदेखि न्यायाधीश यादवको पिएसओ (व्यक्तिगत सुरक्षाकर्मी) का रुपमा कार्यरत थिए । असई राईको मृत्युको कारण खुल्न नसकेपनि उनी उच्च रक्तचापका बिरामी रहेको र हदयघातवाट मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
मृतक राईको शव पोष्टमार्टको लागि जिल्ला अस्पतालमा राखिएको छ ।
सन्तोष रुचाल, धनकुटा
