समाचारआइतबार, चैत्र २३, २०७०

गणेश लामा पक्राउ

हिमालखबर

‘डन’ भनेर चिनिएका गणेश लामालाई प्रहरीले गुण्डागर्दी र जबरजस्ती असुलीको अरोपमा पक्राउ २२ चैतमा पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले उनलाई थप ७ दिन हिरासतमा राख्न जिल्ला अदालतबाट म्याद थप समेत गराएको छ ।

प्रहरीका अनुसार लामालाई सार्वजनिक अपराध अन्तर्गत अनुसन्धान शुरु गरिएकोे छ ।

लामा  विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य समेत हुन् । उनी ४ मंसीरमा भएको संविधानसभा सदस्य निर्वाचनमा फोरम लोकतान्त्रिकका काभ्रेबाट उम्मेदवार थिए ।

लामामाथि कानून विपरित अकुत सम्पत्ति राखेको अभियोगमा विशेष अदालतमा मुद्दा चलिरहेको छ ।

गत असोजमा अदालतलाई तीन करोड धरौटी बुझाएपछि उनी जेलबाट रिहा भएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>