समाचारबुधबार, भाद्र १३, २०६९

सहमति जुटाउने जिम्मा तीन शीर्ष नेतालाई

हिमालखबर

नयाँबानेश्वरमा १३ भदौ बिहान बसेको बैठकले संविधानसभा पुनर्स्थापना गर्ने कि ताजा जनादेशमा जाने भन्ने विषयमा सहमति गर्ने जिम्मा तीन शीर्ष नेतालाई दिएको हो । बैठकले राजनीतिक निकासको लागि छलफललाई निरन्तरता दिने सहमति गरेको छ ।

निकास ननिस्केसम्म शीर्ष तहको छलफललाई निरन्तरता दिने सहमति गरेको नेताहरूले बताएका छन् । माओवादीले नयाँ चुनाव या संविधानसभाको पुनर्स्थापना बारेको विकल्प पेश गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

विकल्पका विषयमा गम्भीर छलफल भएको र फेरि पनि छलफललाई निरन्तरता दिने एमाले महासचिवर् इश्वर पोखरेलले बताए । संविधानसभा विघटन भएको तीन महीना बितिसक्दा समेत राजनीतिक गतिरोध अन्त्य नभएपछि दलहरू गम्भीर छलफलमा जुटेका हुन् । राष्ट्रपतिले छिटो निकास निकाल्न दलहरूलाई पटकपटक आग्रह गर्दै आएका छन् ।

छलफलमा एमाओवादीबाट अध्यक्ष दाहाल, सापकोटा र अमिक शेरचन, कांग्रेसबाट सभापति कोइराला, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्ण सिटौला, मिनेन्द्र रिजाल र एमालेबाट अध्यक्ष खनाल, माधवकुमार नेपालर्, इश्वर पोखरेल र भीम रावल सहभागी थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>