समाचारसोमबार, चैत्र २४, २०७०
मन्त्रिपरिषद विस्तार– राप्रपा र माले पनि सरकारमा सहभागी
प्रधानमन्त्री सुशील कोइरालाले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
राप्रपा अध्यक्ष सूर्यबहादुर थापाका छोरा सुनिल थापा वाणिज्य तथा आपूर्ति मन्त्री भएका छन् भने माले अध्यक्ष सीपी मैनालीकी श्रीमती निलम केसीले महिला बालबालिका तथा समाज कल्याण मन्त्रीको जिम्मेवारी पाएकी छन् ।
राष्ट्रपति निवासमा २४ चैतमा प्रधानमन्त्री सुशील कोइरालाले नवनियुक्त मन्त्रीहरुलाई सपथ ग्रहण गराए ।
समारोहमा राष्ट्रपति डा।रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा, विभिन्न दलका नेताहरु र उच्च सरकारी अधिकारीको सहभागिता थियो ।
राप्रपाबाट राज्यमन्त्रीमा सिफारिस गिरीबहादुर केसीको पनि आजै दिउँसो सिंहदरबारमा शपथग्रहण गर्ने कार्यक्रम छ ।
योसँगै मन्त्रिपरिषद् दुई राज्यमन्त्रीसहित २४ सदस्यीय भएको छ ।
वाणिज्य तथा आपूर्ति मन्त्री बनेका थापा धनकुटा २ बाट प्रत्यक्ष निर्वाचित सभासद हुन् भने राप्रपाका नेता दिपक बोहोराका भिनाजु समेत रहेका केसी र माले अध्यक्ष मैनाली पत्नी निलम केसी गैरसभासद हुन् ।
