थप समाचारमंगलबार, चैत्र २५, २०७०

सिरानमा प्रेमीको तस्वीर राखेर १३ वर्षदेखि अनशनमा

हिमालखबर

मणिपुरमा २५ भन्दा बढी विखण्डनवादी समूह सक्रिय छन, त्यहाँ जातीय हिंसा र सशस्त्र समूहहरु सक्रिय छन्  ।

उनीहरुलाई नियन्त्रण गर्न राज्यले सशस्त्र बल विशेषाधिकार कानून प्रयोग गर्ने छुट सहित सेना परिचालन गरेको छ । यस कानून अन्तर्गत सुरक्षा बल विरुद्ध कुनै पनि कानूनी कार्वाही गर्न पाइँदैन । मानवअधिकारवादीहरु यो कानूनको आडमा सेनाले नक्कली मुठभेड भन्दै निर्दोषहरुको ज्यान लिएको र अत्याचार बढेको आरोप लगाउँछन् ।

शर्मिलाले १३ वर्षअघि सशस्त्र बल विशेषाधिकार कानूनको विरोधमा अनशन शुरु गरिन् । राज्यले उनलाई आत्महत्या गर्न उक्सिएको भन्दै न्यायिक हिरासतमा लियो र प्रत्येक वर्ष उनको हिरासतको म्याथ थपिंदै गएको छ । हिरासतमा छँदा पनि उनले आफैं अन्न–जल ग्रहण गरेकी छैनन् । उनको नाकमा पाइप लगाएर जबरजस्ती खुवाइएको छ ।

इरोम शर्मिला भन्छिन, “१३ वर्षको लामो अवधिमा मलाई मानिसको अभाव महशुस हुन्छ ।” आफ्नो वरपर रहेका किताब, विरुवा र खेलौनालाई संकेत गर्दै उनले भनिन्, “मेरा साथी यिनै हुन् पस्थितिले मलाई फरक मानिस बनाएको छ ।”

उनले आफूमाथि भेदभाव गरिएको बताइन् । भनिन, “महात्मा गान्धीलाई आफ्नो असहमति प्रकट गर्ने स्वतन्त्रता थियो भने भारतको नागरिकका हैसियतमा मलाई त्यो छुट किन छैन ? किन मलाई वर्षौंदेखि हिरासतमा राखिएको छ ?”
सन् २००० मा अनशन शुरु गर्दा शर्मिला२८ वर्षकी थिइन् अहिले ४१ पार गरिसकिन् । विशेषाधिकार कानून अँझै पनि राज्यका विभिन्न क्षेत्रमा लागू नै छ र शर्मिला बन्दी छन् आफ्नै शर्तमा ।

“म एक साधारण जीवन बाँच्न चाहन्छु, पहिले जस्तै जसको कुनै विशेष उद्देश्य नहोओस् ,” उनी भन्छिन् ।
उनलाई मणिपुरमा ‘आइरन लेडी’ भनिन्छ । तर इरोमलाई यस्तो पगरी बोझ लाग्छ ।

उनलाई केही समयअघि कांग्रेसबाट लोकसभा उम्मेदवार बन्ने प्रस्ताव आएको रहेछ तर इरोमले आफू राजनीतिमा नआउने भन्दै अस्वीकार गरिछन् ।

भारतमा हिरासतमा राखिएकालाई मतदानको अधिकार हुँदैन । शर्मिलाले पनि पछिल्लो १३ वर्षदेखि मतदान गर्न पाएकी छैनन् । उनले भनिन्, “पहिले चुनावबाट मलाई कुनै आशा नै थिएन त्यसैले भोट हाल्ने उत्साह पनि थिएन तर, आम आदमी पार्टीको काम देखेपछि मलाई भोटको महत्व हुन्छ भन्ने लागेको छ ।”

बिहे गर्ने चाह
उनको सिरानी नजिक सानो पुरुष तस्वीर छ । डेसमन्ढ कुटिन्हो उनका मंगेतर हुन् ।

“म अब विहे गर्न चाहन्छु, मेरो उद्देश्य पूरा भयो भने म डेसमन्डसँग विहे गरेर सामान्य जीवन बाँच्न चाहन्छु,” उनले आफ्नो चाहना सुनाइन् ।

जवानीको लामो समय एक्लै विताएकी इरोमलाई संभवतः यही कुराले सबैभन्दा बढी पिरोल्छ ।
बीबीसीको सहयोगमा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>