समाचारमंगलबार, चैत्र २५, २०७०

पश्चिम पछि पर्‍यो, सहयोग गर्नुहोसः प्रधानमन्त्री

हिमालखबर

प्रधानमन्त्री र जापानी प्रतिनिधि मण्डलबीचको भेटवार्तामा प्रधानमन्त्री कोइरालाले नेपालको पश्चिम क्षेत्र निकै पिछडिएका कारण सो क्षेत्रमा सीप तथा रोजगारमूलक कार्यक्रमका लागि सहयोग गर्न गरेको आग्रहलाई जापानी टोलीले सकारात्मक रुपमा लिएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले बताएका छन् ।

नेपाल टे«ड युनियन कांग्रेसको निमन्त्रणामा नेपाल आएका नागुमो नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँगको भेटघाटपछि टे«ड युनियन कांग्रेसद्वारा सञ्चालित परियोजनामा सहयोग गर्ने बताएको छ । जापानी प्रतिनिधिमण्डलले ट्रेड युनियन कांग्रेसद्वारा कास्की, मोरङ र भक्तपुरमा सञ्चालित ग्रामीण क्षेत्रमा सीपमूलक कार्यक्रमको अवलोकन गरी सहयोग गर्ने जनाएको छ ।

भेटवार्तामा दुई देशबीच आपसी सम्बन्ध र जापानको सहयोगका सम्बन्धमा समेत छलफल भएको थियो । सो भेटवार्तामा टे«ड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहाल, पूर्वअध्यक्ष लक्ष्मण बस्नेतलगायत पदाधिकारीकोे सहभागिता थियो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>