थप समाचारमंगलबार, चैत्र २५, २०७०

जुम्लामा कालीमार्सीको खेती हुन छाड्यो

हिमालखबर

फाइल तस्वीर

जुम्लाको छुमचौर गाविसको छुमचौर ज्यूलामा खेती गरिने कालीमार्सी धान संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको छ ।

समुद्री सतहदेखि करिब दुई हजार ८५० मिटर उचाइमा रहेको जुम्लाको छुमाचौरमा फल्ने धान खेती गर्न छोडेर स्थानीय किसानले मकै, सिमी र आलु खेती गर्न थालेपछि अहिले १६० वर्ग मिटर क्षेत्रफलमा मात्रै कालीमार्सीको खेती भइरहेको छुमाचौर– ४ का रतनबहादुर महताराले बताए ।

महताराका अनुसार धान रोप्ने समयमा १० देखि ५५ वर्षसम्मका यस क्षेत्रका बासिन्दा पाटनतिर यार्सागुम्बा खोज्न जाने हुँदा खेतीपाती गर्ने मान्छे नभएपछि कालीमार्सी धानकोे खेतीमा कमी आएको हो ।

गाविसका सचिव बालकृष्ण चौलागाईं भन्छन, “जुम्लाभन्दा बाहिरका र अन्य मुलुकका मानिसहरू सर्वाधिक उचाइमा धान फल्ने क्षेत्र भनेर चर्चा गर्छन तर, यहाँ कालीमार्सीको खेती नै नहुने अवस्था आइसक्यो ।”

चौलागाईंका अनुसार हिमालको काखमा रहेको बस्ती भएकाले धान बाली भित्र्याउने समयमा असिना पानी पर्ने र मरुवा रोगले सताउने भएका कारण पनि यसको खेतीमा कमी आएको हो ।

विश्वमा नेपालकै गरिमा राखेको उक्त ज्यूलाको संरक्षणका लागि अहिलेसम्म कुनै पनि सरकारी तथा गैरसरकारी निकायले चासो नदेखाएको स्थानीय छुमचौर–२ का गोरबहादुर रावत बताउँछन् ।

कालीमार्सी धानको संरक्षणका लागि गाविसले किसानलाई धानखेतीतिर आकर्षित गर्न जिल्ला कृषि विकास कार्यालय र राष्ट्रिय कृषि अनुसन्धान परिषद्सँग समन्वय गरेर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने सोच बनाएको छ ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>