समाचारबुधबार, चैत्र २६, २०७०

महावीर पुनलाई ‘इन्टरनेट हल अफ फेम’ सम्मान

हिमालखबर

देशका ग्रामीण भेगमा विनातार इन्टरनेट नेटवर्क र सेवा विस्तार गराई नवीन कार्य गरेवापत् वाग्लुङका शिक्षासेवी तथा इन्टरनेट अनुसन्धानकर्ता पुनलाई हङकङमा आयोजित समारोहमा इन्टरनेट समाज नामक अन्तर्राष्ट्रिय संस्थाले सम्मानित गरेको एएफपीले जनाएको छ ।

पुनले टेलिफोनसमेत नपुगेका १५० भन्दा बढी हिमाली गाउँमा इन्टरनेट सेवा विस्तार गराइसकेका छन् ।

सम्मानित भएपछि पुनले आफू निःशुल्क इन्टरनेटको सशक्त वकालतकर्ता हुनुका साथै गरिबीको रेखामुनी रहेका जनताले यस्तो सेवा पाउन् पर्छ भन्ने चाहना राख्दै आएको बताए ।

उनले आफू सन् १९९० को आरम्भमा अमेरिकामा अध्ययन गर्दा आफ्नो जन्मगाउँमा इन्टरनेट सेवा पु¥याउनुपर्छ भन्ने प्रेरणा पाएको प्रतिक्रिया पनि दिए ।

समारोहमा पुनसँगै अन्य २४ जना इन्टरनेट प्रवर्तनकर्ता सम्मानित भएका थिए । विश्वका १४ मुलुकका इन्टरटेट प्रवर्तनकर्ताबीचबाट सम्मान छनोट गरिएको हो ।

यो सम्मान यसअघि पूर्व अमेरिकी उपराष्ट्रपति अल गोरले पनि प्राप्त गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>