समाचारबुधबार, चैत्र २६, २०७०

माओवादीद्वारा संसद बैठक अवरुद्ध

हिमालखबर

व्यवस्थापिका संसदको २६ चैतको बैठक शुरु हुनासाथ एमाओवादी सभासद् जर्नादन शर्माले सरकारले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोग सम्बन्धी विधेयक नल्याएको भन्दै बैठक अगाडि बढ्न नसक्ने बताए ।

त्यसपछि सबै एमाओवादीका सबै सभासद् उठेर विरोध जनाएपछि संसद बैठक २ घन्टाका लागि स्थगित भएको छ ।
विधेयकका बारेमा प्रमुख तीन दलबीच यसअघि नै सैद्धान्तिक सहमति भए पनि एमाओवादीले सर्वोच्चको फैसलाभन्दा परिवेशमा आधारित भएर आममाफीको प्रावधान लचिलो बनाउनुपर्नेु अडान लिएपछि विधेयक मस्यौदामा सहमति जुट्न सकेको छैन ।

यद्दपी सरकारले बनाएको विधेयक मस्यौदा समितिले आफ्नो प्रतिवेदन बुझाइसकेको छ भने एमाओवादीले सरकारले एकलौटीरुपमा विधेयक ल्याउन लागेको भन्दै आपत्ति जनाएपछि तीन दलका नेता सम्मिलित छुट्टै कार्यदलसमेत गठन भएको छ । तर कार्यदलमा सहमति नहुँदा अहिलेसम्म मस्यौदा बुझाउन सकेको छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>