समाचारबुधबार, भाद्र १३, २०६९

एमाले श्वेतपत्र जारी गर्ने तयारीमा

हिमालखबर

संविधानसभा विघटनको तीन महिनापछि पार्टीको तर्फाबाट भएका कमीकमजोरी र अन्य पक्षको भूमिकालाई समेत आधार मानेर एमालेले ऐतिहासिक दस्तावेजकारुपमा श्वेतपत्र जारी गर्ने तयारी गरेको हो । एमाले सचिव शङ्कर पोखरेलको संयोजकत्वमा श्वेतपत्र जारी गर्न गठित कार्यदलले संविधानसभाबारे समाचार लेख्ने पत्रकारहरूको राय लिएर कार्यपत्रलाई परिपक्वता दिन १३ भदौमा एक अन्तरक्रिया गर्‍यो ।

छलफलमा सहभागी अधिकांश पत्रकारले संविधानसभा विघटन हुनुको मुख्य दोष प्रमुख तीन दलकै भए पनि खासगरी कतिपय गम्भीर र संवेदनशील विषयमा एमाले प्रष्ट हुन नसकेको, सङ्घीयता र शासकीय स्वरुपबारे पनि आफ्नो मुद्दालाई प्रष्ट नगरेको र अन्यदलको एजेन्डामा रुमलिएको बताएका थिए । साथै उनीहरूले जारी हुन लागेको श्वेतपत्रमा पार्टीको तर्फाबाट भएका कमीकमजोरीलाई निष्पक्ष र स्वतन्त्र ढङ्गले उल्लेख गर्न सुझाएका थिए ।

कार्यक्रममा श्वेतपत्र जारी गर्न गठित कार्यदलका संयोजक पोखरेलले संविधानसभा विघटन हुनुमा शान्ति प्रक्रियामा दलहरूबीचको बेमेल कारक रहेको बताएका थिए । उनले काँग्रेस र एमाओवादीबीच एमालेले उठाएका कतिपय सकारात्मक कुरालाई लिखित दस्तावेजकारुपमा स्थापित गराउन नसक्नु पार्टीको मुख्य कमजोरी भएको स्वीकारे ।

एमाले पोलिटब्यूरो सदस्य तथा कार्यदलका सदस्य प्रदीप ज्ञवालीले श्वेतपत्रलाई आफूहरूले यथार्थपरक र तथ्यका आधारमा तयार गर्ने बताउदै श्वेतपत्र एमालेको पनि निर्मम आत्म समीक्षाको विषय बन्ने दावी गरे । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>