समाचारबुधबार, चैत्र २६, २०७०

महिलाहिंसाका घटनाले उपराष्ट्रपति चिन्तित्

हिमालखबर

मैथिल ब्राह्मण सभाले छिन्नमस्तामा आयोजना गरेको संस्कृति सम्मेलनको उद्घाटन गर्न २६ चैतमा सप्तरी आइपुगेका उपराष्ट्रपति परमानन्द झाले दाइजोजस्तो कुप्रथाका कारण मिथिला क्षेत्रमा महिला हिंसा बढिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

दाइजोको निहुँमा महिलामाथि हिंसा बढेको भन्दै यस्तो कुप्रथा हटाउन र महिलाप्रति सम्मान गर्न सबै तह र तप्कामा चेतना विस्तार गर्नुपर्ने उनले बताए ।

दाइजोकै कारण नेपाल र भारतका मैथिल ब्राह्मणबीचको सम्बन्धमा चिसोपना आएको बताउँदै उपराष्ट्रपति झाले पछिल्लो समयमा नेपालीले भारतीयलाई र भारतीयले नेपालीलाई छोरी दिन नचाहिरहेको बताए ।

नेपालको मिथिला क्षेत्रमा बिभिन्न धर्म, संस्कृतिका व्यक्तिहरु रहेको बताउँदै उनले सबै एकजुट हुनुपर्ने आवश्यक्ता औंल्याएका थिए ।

उपराष्ट्रपति झाले नेताहरुमा सदबुद्धि आओस र निर्धारित समयमै संविधान बनोस भनी छिन्नमस्ता भगवतीसँग प्रार्थना समेत गरेका थिए ।

श्रवणकुमार देव, राजविराज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>