समाचारबुधबार, चैत्र २६, २०७०

जनकपुरमा प्रहरीको छापा, ६ किलो सुनसहित २ व्यक्ति पक्राउ

हिमालखबर

जनकपुरस्थित बलराम गुप्ताको घरबाट प्रहरीले ६ किलो सुन बरामद गरेको छ ।

प्रहरीले २६ चैतमा जनकपुरको शिवचौकस्थित बलरामप्रसाद गुप्ताको घरमा छापा मारी ६ किलो अबैध सुनसहित दुईजनालाई पक्राउ गरेको छ ।

प्रहरी उपरीक्षक उत्तमराज सुवेदीका अनुसार ६ केजी अवैध सुनसहित बलराम गुप्ता र सन्तोषहालाई पक्राउ गरिएको छ । गुप्तामाथि बिदेशी मुद्रा र सुन तस्करी गरेको आरोप लाग्दै आएको थियो ।

प्रहरी अनुसन्धान ईकाई हनुमान ढोका काठमाडौंबाट आएका प्रहरी अनुसन्धान अधिकृत र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले दिउँसो १ बजे बलराम गुप्ताको घरमा छापा मारेको हो ।

प्रहरीले गुप्ताको घरमा चारैतिर घेरा हालेर छापा मारेको थियो । स्थानीयबासीका अनुसार प्रहरीले सुनसहित ५ वटा बोरामा राखिएको चाँदीको ढिक्का समेत बरामद गरेको छ ।

धनुषाका प्रहरी उपरिक्षक उत्तमराज सुवेदीले भने, “६ केजी अबैध सुनसहित दुईजनालाई नियन्त्रणमा लिएका छौं, थप अनुसन्धान भईरहेको छ ।”

इश्वरचन्द्र झा, जनकपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>